नियम १८५
महान्यायाधिवक्ताबाट प्राप्त निर्देशनको कार्यान्वयन
: प्रहरी हिरासतमा रहेको व्यक्तिलाई संविधान र प्रचलित कानूनको अधीनमा रही मानवोचित व्यवहार नगरेको वा त्यस्तो व्यक्तिलाई आफन्तसँग वा कानून व्यवसायीसँग भेटघाट गर्न नदिएको सम्बन्धमा महान्यायाधिवक्ताबाट प्राप्त निर्देशन कार्यान्वयन गर्नु गराउनु सम्बन्धित प्रहरी कर्मचारीको कर्तव्य हुनेछ ।